Rule 48
अनौपचारिक शिक्षा दिन सकिने
(१) विद्यालयमा भर्ना भई शिक्षा हासिल गर्न नसक्ने व्यक्तिलाई देहाय बमोजिम अनौपचारिक शिक्षा दिन सकिनेछः–
(क) आधारभूत प्रौढ साक्षरता शिक्षा
(ख) साक्षरोत्तर शिक्षा
(ग) निरन्तर शिक्षा
(घ) वैकल्पिक शैक्षिक कार्यक्रम
(२) उपनियम (१) बमोजिम दिइने अनौपचारिक शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तक राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदबाट स्वीकृत भए बमोजिम हुनेछ ।